२०८२ बैशाख ६, शनिबार

गाँजासहित २ जना पक्राउ

  • धादिङ आवाज
  • २०८१ चैत्र ८, शनिबार
गाँजासहित २ जना पक्राउ

काठमाडौं । एक हजार ६ सय ३६ किलो गाँजासहित झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट २ जना पक्राउ परेका छन्।

शुक्रबार सशस्त्र प्रहरीले धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माइजोगाई गाउँपालिका–२ का ३७ वर्षिय गंगाबहादुर बस्नेतलाई दुईवटा ट्रकसहित नियन्त्रणमा लिएको हो।

इलामबाट झापातर्फ आउँदै गरेको को १ख५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनि ट्रकलाई विशेष सूचनाको आधारमा नं. १ बराह बाहिनी मुख्यालय र नं.२ गण झापा मातहत सुरक्षा वेश टिमाइबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोवाईल सेट समेत बरामद भएको प्रहरीले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस