२०८२ बैशाख ७, आईतबार

गाँजा सहित एक जना पक्राउ

  • धादिङ आवाज
  • २०८१ चैत्र ८, शनिबार
गाँजा सहित एक जना पक्राउ

अवैध लागूऔषध गाँजासहित धनुषाको लक्ष्मिनीया गाउँपालिका-७ लक्ष्मिनीया चोकबाट एक जना पक्राउ परेका छन् ।

करिब ४ सय ७७ किलो ७४ ग्राम गाँजासहित मकवानपुर घर भएका २४ वर्षीय संजिब स्याङ्तानलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको म.प्र.०३-००२ ख २५२० नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा ट्रकभित्र ३४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक स्याङ्तानलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस