काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका धेरैजसो पहाडी भू–भागमा मेघगर्जनसहित सामान्य पानी परिरहेको छ।
पश्चिमी भू–भागको तुलनामा पूर्वि पहाडी भू–भागमा कम वर्षा भएको महाशाखाले जनाएको छ।
आज राति देशभर समान्य बदली भइ केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।भोलि कोशी, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै गरेको र भोलिदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ।