चितवन। मुग्लिन–नारायणगढ सडकखण्ड अन्तरगत चौधकिलोबाट त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।
आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको चितवन प्रहरीले जनाएको छ।
दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३०र३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको प्रहरीले जनाएको छ।
ट्रक दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद पनेरु नेतृत्वको टोली खटिएको थियो।
टोलीले चालक र सहचालकलाई उद्धार गरी सरकारी अस्पताल भरतपुर पठाएको थियो।चिकित्सकहरुले सहचालकलाई थप उपचारका लागि ७ः५० बजे नयाँ मेडिकल कलेज भरतपुरमा रिफर गरेका थिए भने चालकलाई ८ः२० बजे मृत घोषणा गरेका थिए।
ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको र ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको प्रहरीले जनाएको छ।