काठमाडौँ । इस्लाम धर्मावलम्बीको पर्व इद–उल फित्र (इद) को अवसरमा सरकारले भोलि सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम सोमवार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका सहसचिव प्रवक्ता रामचन्द्र तिवारीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।