काठमाण्डौ । आज मुस्लिम समुदायले ईद उल फित्र मनाउँदैछन्।
यो पर्व इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ।रोजाको बेला मुस्लिम धर्मावलम्बीहरू सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन्।
दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।