२०८२ बैशाख ६, शनिबार

आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ

  • धादिङ आवाज
  • २०८१ चैत्र २५, मंगलबार
आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ

काठमाण्डौ । तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा आगजानी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले गएको चैत १५ गते प्रदर्शनका क्रममा भएको आगजानी र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, सर्लाही घर भई ललितपुरको टीकाथली बस्ने २२ वर्षीय अमित शाह, सुनसरी घर भई काठमाण्डौ महानगरपालिका–३१ बस्ने १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, काभ्रेकी ३० वर्षीया अनिता कुँवर र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ रहेका छन् ।

उनीहरूमाथि राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव र सङ्गठित अपराधको कसूरमा अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस