काठमाण्डौ । २०८१ सालमा देशमा चट्याङ लागेर ७८ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
२०८१ सालको वैशाख १ गतेदेखि चैत्र २९ गतेसम्मको अवधिमा देशभर ४१८ वटा चट्याङको घटनाबाट ७८ जनाको मृत्यु भएको छ भने३०९ जना घाइते भएको प्राधिकरणले जनाएको छ।
नेपालमा बिजुली तथा विद्युतीय सामग्रीको उपयोग बढेसँगै चट्याङबाट हुने मृत्यु र घाइतेको सङ्ख्या पनि बढिरहेको छ।
प्रि–मनसुनको समयमा अर्थात् मध्य फागुनदेखि मध्य जेठ महिनासम्म चट्याङ पर्ने सम्भावना धेरै हुन्छ ।