२०८२ बैशाख २, मंगलबार

बिहीवारदेखि फेरि अर्को पानी पार्ने प्रणाली सक्रिय हुने

  • धादिङ आवाज
  • २०८२ बैशाख १, सोमबार
बिहीवारदेखि फेरि अर्को पानी पार्ने प्रणाली सक्रिय हुने

काठमाण्डौ । गएको मङ्गलवारदेखि सक्रिय भएको पानी पार्ने प्रणाली केही कमजोर भए पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधवारसम्म देशका विभिन्न भागमा राति आकाश खुल्ने र बिहानपख घाम लाग्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो।

तर दिउँसोदेखि बेलुकासम्म छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

आउँदो बिहीवारदेखि भने पुनः पानी पार्ने प्रणाली सक्रिय हुने मौसमविद्को अनुमान छ।

बिहीवारपछिको वर्षाले हिउँदे बाली थन्क्याउन असर पुर्‍याउन सक्ने भएकाले आउँदो बिहीवारदेखि केही दिन बाली भित्र्याउने काम नगर्न मौसमविद्को सुझाव छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस