२०८२ बैशाख ६, शनिबार

वैशाख ६ र ७ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईने

  • धादिङ आवाज
  • २०८२ बैशाख ३, बुधबार
वैशाख ६ र ७ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईने

काठमाण्डौ । आउँदो शनिवार र आइतवार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईने भएको छ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

दुई दिने अभियानमा पाँच वर्षमुनिका झन्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ ।

यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ ।

आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।

भिटामिन ‘ए’ कार्यक्रम हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते देशैभरका जिल्लामा सञ्चालन हुँदै आएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस