२०८२ बैशाख ६, शनिबार

आइचर र बोलेरो ठोक्किदा एक जनाको मृत्यु

  • धादिङ आवाज
  • २०८२ बैशाख ६, शनिबार
आइचर र बोलेरो ठोक्किदा एक जनाको मृत्यु

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटमा भारतिय आइचर र बोलेरो ठोक्किदा एक जनाको मृत्यु भएको छ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ३–०१–०२३ च ६५८ नम्बरको बोलेरो UP32TN4198 नम्बरको ईण्डियन आईचर गाडीमा ठोक्किदा बोलेरोमा सवार ललितपुरको बागमती गाउँपालिका–१ का ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

दुर्घटनामा परि घाइते भएका थिङको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो।

बोलेरोमा सवार ५ जना मध्ये अन्य ४ जना सकुसल रहेका छन्।बोलेरोलाई ओभरट्याक गर्ने क्रममा खाल्टो देखेर आइचरले ब्रेक लगाउदा ठोक्किएको देखिन्छ ।

रातको समय र ठोक्किदा सिसा फुटेका कारण क्षति भएको हुन सक्ने प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो।

ईण्डियन आईचर चालक भारत उत्तर प्रदेश मोहमदपुर खलाका ४० वर्षीय कमलेश कुमार यादवलाईे नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस