धादिङ । धादिङमा भोलि १३ गतेदेखी सञ्चालन हुने भनिएको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगन भएको छ।
शिक्षकहरुको आन्दोलन र कक्षा १२ को परिक्षालाई मध्यनजर गर्दै प्रतियोगिता स्थगन भएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिनुभयो।
यसअघि बैशाख ११ गतेबाट सुरु हुने भनिएको रनिङ शिल्ड कक्षा १२ को परिक्षालाई नै मद्यनजर गर्दै स्थगित भएको थियो।
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा आउँदो २१ गतेदेखि गर्ने गरी सारेसंगै १३ गतेदेखि रनिङ शिल्ड गर्ने निर्णय भएको थियो ।
विगत २४ दिन देखी शिक्षकहरु निरन्तर आन्दोलनमा रहेका छन् ।शिक्षक नभएपछि खेलाडी विद्यार्थीहरु पठाउन नसक्ने पालिकाहरुले बताएको र कक्षा १२ को परिक्षा पनि नजिकिएकाले प्रतियोगिता फेरि स्थगित गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।
पालिका र प्रदेशबाट सुझाव आए अनुसार प्रतियोगिता अब तोकिएको मितिमा नहुने उहाँको भनाई छ ।