२०८२ बैशाख १४, आईतबार

आज मातातीर्थ औँसी

  • धादिङ आवाज
  • २०८२ बैशाख १४, आईतबार
आज मातातीर्थ औँसी

काठमाण्डौ । आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्षको औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ।

आज आमालाई मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिइन्छ ।

आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उहाँले गरेका काम सम्झने गर्छन् ।

धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा देवमणि भट्टराईका अनुसार वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवम् प्यारा हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२० घण्टा अघि

आज मातातीर्थ औँसी

खोजी गर्नुहोस