काठमाण्डौ । चट्याङ लागेर २ जना मजदूरको मृत्यु भएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको त्रिवेणी ताल पदमार्गमा काम गर्न गएका सङ्खुवासभाको सिलिचुङ गाउँपालिका–२ का भरतकुमार राई र महेश राईको मृत्यु भएको पदमार्ग निर्माण समितिका अध्यक्ष राजमान गुरुङले जानकारी दिनुभयो ।