२०८२ बैशाख १६, मंगलबार

उद्योगीले फेरि बढाए सिमेन्ट र डन्डीको मुल्य

  • धादिङ आवाज
  • २०८२ बैशाख १६, मंगलबार
उद्योगीले फेरि बढाए सिमेन्ट र डन्डीको मुल्य

काठमाडौं । उद्योगमा १२ घण्टा ‘लोडसेडिङ’ रहेको र उत्पादन गर्न नपाएको भन्दै उद्योगीले फेरि सिमेन्ट र डन्डीको भाउ बढाएका छन् ।

उद्योगीहरूले १५ चैत २०८१ मा सिमेन्टको भाउ प्रतिबोरा २० रुपैयाँ र डन्डी किलोको ८ देखि १० रुपैयाँ घटाइएको बताएका थिए।तर, अहिले फेरि उद्योगमा १२ घण्टा ‘लोडसेडिङ’ रहेको र उत्पादन गर्न नपाएको भन्दै उनीहरूले बढी मूल्यमा सिमेन्ट र डन्डी बिक्री गरिरहेका छन् ।

उद्योगीले सिमेन्ट र डन्डीको मूल्य मिलेमतोमै बढाएर बेचेको नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले दाबी गर्नुभएको छ।

उद्योगीहरूले सिमेन्ट र डन्डी उत्पादन कटौती गरेर मूल्य बढाएका र उत्पादन बढाएर लागत घटाउनु पर्नेमा उत्पादन नै घटाएर मूल्य बढाउँदै लगिरहेको उहाँको भनाई छ ।

अहिले डन्डीको मूल्य प्रतिकिलो ८८ रुपैयाँबाट ९४ रुपैयाँ पुगेको छ । पहिला ७ सय ५० रुपैयाँ रहेको ओपीसी सिमेन्टको मूल्य बढाएर ७ सय ७१ रुपैयाँसम्म पुर्‍याएका छन् ।

उद्योगीहरूले लोडसेडिङ भएका कारण उत्पादन गर्न नपाएको दाबी गरेका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस