धादिङ,०५ असार ।
धादिङमा अखिल नेपाल कबड्डी संघ गठन गरिएको छ ।
मंगलबार रत्नेश कुमार यादवको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल कबड्डी संघ धादिङ गठन गरिएको हो ।जसमा संघको उपाध्यक्षमा सरिता घले र बिप्सा तामाङ, सचिवमा विवेक मान्नधर र कोषाध्यक्षमा मनिष श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा रन्जीत श्रेष्ठ, सुमित दूधराज, श्री कृष्ण रिजाल, विशाल सापकोटा, बिनोद थापा मगर, सुरेन्द्र उप्रेति, अनु तामाङ र सुदिप अधिकारी चयन भएका छन् ।
जिल्ला खेलकुद विकास समिति धादिङको सभाहलमा भएको कार्यक्रममा अध्यक्ष खेलकुद विकास समिति अध्यक्ष प्रताप सिं तामाङ,कार्यालय सचिव रमेशमान तुलाधर लगाएतको उपस्थिती रहेको थियो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |