धादिङ । धादिङका दुध उत्पादक कृषकहरु आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलित भएका छन् । धादिङ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाइमा जिल्लाका दुध उत्पादक कृषकहरूले बिहिबार पृथ्वीराजमार्ग अवरुद्ध गरेका हुन्।कृषकहरुले धादिङको थाक्रे ६ महादेववेसी बजारमा मध्यान्ह १२ बजेदेखि १२ः३०बजेसम्म ३० मिनेट राजमार्ग अवरुद्ध गरेका थिए । मिल्क होलिडे बन्द गर्नुपर्ने, आयातित दुध तथा […]
विस्तृतमापृथ्वी राजमार्ग सँगै जोडिएको धादिङको थाक्रे गाउपालिका-१ ढाडे बाट केही माथि गाउँमा पुग्दा लाग्छ यो त कुनै बगैंचा पो हो की ? तर, त्यो कुनै बगैँचा नभइ फुलै फुलले ढकमक्क र मगमगाईरहेको मानववस्तीको नाम हो देविस्थान र कार्की डाँडा । यो समय फुलै फुलको हो, यस्तै दृश्य थाक्रे गाउँपालिका १ का दुइ गाउँका करिब डेढ […]
विस्तृतमाजिल्ला प्रशाासन कार्यालय धादिङले प्लाष्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोग नगर्न अनुरोध गरेको छ। प्रशासनले मंगलबार एक सूचना जारी गर्दै नेपालीहरूको मुख्य पर्वहरु शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्व लगायत मेला महोत्सव तथा अन्य सभा समारोहहरूमा प्लास्टिकका फूलगुच्छा तथा मालाहरुको प्रयोग नगर्न अनुरोध गरेको हो। प्लाष्टिकजन्य सामग्रीहरूको प्रयोगले वातावरण प्रदुषण हुने, स्थानीय कृषकहरुबाट उत्पादित फूलले […]
विस्तृतमाडिजेल र मट्टितेलको मुल्य घटेको छ । भारतबाट मूल्य घटेर आएपछि मंगलबार मध्यरातदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ। निगमका अनुसार इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यसूचीमा पेट्रोल प्रतिलिटर १.५१ रुपैयाँ बढेर र डिजेलको मूल्य ३.६३ रुपैयाँ घटेर आएको थियो […]
विस्तृतमाजिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटेको छ । जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । अब जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँबाट ६५० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो १२५० रुपैयाँबाट प्रतिकिलो १२२५ रुपैयाँमा कायम भएको कम्पनीले जनाएको छ ।
विस्तृतमाधादिङ। धादिङमा बजार अनुगमन जारी रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली नेतृत्वको बजार अनुगमन टोलीले अनुगमनलाई तीब्रता दिएका छन् । शुक्रबार नीलकण्ठ नगरपालिका ३ र ८ स्थित धादिङबेशी बजारको खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ। कार्यालयका अनुसार ५ वटा फर्मको अनुगमन गर्दा ३ वटा पसललाई ८५ हजार […]
विस्तृतमाधादिङ– गजुरी गाउँपालिका–२ स्थित मलेखुको मजुवा बजारका ४५ वटा होटल तथा माछा व्यवसायीले माछामा रङ्ग प्रयोग नगर्ने प्रतिवद्धता जनाएका छन्। आईतबार जिल्लाको अनुगमनकारी निकायहरुलाई साक्षी राखेर व्यवसायीहरुले अबदेखी आइन्दा माछा तथा अन्य खानाहरुमा रङ्गको प्रयोग नगर्ने सामुहिक प्रतिवद्धता जनाएका हुन् । वर्षाैदेखि प्रख्यात रहेको मलेखुको माछामा राम्रो देखाउनकै लागि हानिकारक रङ्ग मिसावट गरेको खबरले देश […]
विस्तृतमानेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका […]
विस्तृतमाधादिङ। धादिङमा बजार अनुगमन जारी रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली नेतृत्वको बजार अनुगमन टोलीले अनुगमनलाई तीब्रता दिएका छन् । मंगलबार र बुधबार पृथ्वी राजमार्गअन्तर्गत थाक्रे र धुनिबेशीमा सञ्चालित होटल तथा खाजा घरहरुको अनुगमन गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ। कार्यालयका अनुसार १८ वटा होटलको अनुगमन गर्दा ९ वटा होटल तथा खाजा […]
विस्तृतमाधादिङ–धादिङमा बजार अनुगमनलाई तीब्रता दिईएको छ।सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली नेतृत्वको बजार अनुगमन टोलीले अनुगमनलाई निरन्तरता दिएका छन् । अनुगमनको क्रममा सोमबार मलेखुको माछामा अखाद्य वस्तुको मिसावट भेटिएको छ । विक्रिका लागि राखिए अधिकांश माछामा मानव स्वास्थ्यका लागि हानिकारक कोलतार रङ्ग (सिम्पेथिक फुड कलर) मिसावट गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । […]
विस्तृतमाधादिङ–धादिङको धुनीबेसी नगरपालिका–९,जुगेडीमा व्यवसायिक रुपमा फुलखेती गर्दै आउनु भएका एक दम्पतीले बार्षिक ८ लाखभन्दा बढी आम्दानी लिने गरेका छन् । १८ वर्षदेखि व्यवसायिक रुपमा फूलखेतीमा लागेका हेमलाल र रमाको जोडी उदाहरणीय बनेको छ ।नौविसे आसपासका क्षेत्रमा जग्गा भाडामा लिएर दार्जीलिङबाट आएका केही व्यक्तिले फूलखेती गरेको देखेपछि हेमलालले पनि व्यावसायिक रुपमा फूलखेती गर्ने योजनासहित २०६० सालबाट […]
विस्तृतमाधादिङ–धादिङ निर्माण व्यवसायी सङ्घकोे अध्यक्षमा राजेन्द्र अधिकारी चयन हुनुभएको छ।धादिङबेशीमा शुक्रबार भएको चौथो जिल्ला अधिवेशनले अधिकारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा केशव सिलवाल(कमल), द्धित्तिय उपाध्यक्षमा वासुदेव जम्कटेल, महासचिवमा धर्मराज लोहनी, सचिवमा दिलिप पौडेल र कोषाध्यक्षमा राजेन्द्र भण्डारी चयन हुनुभएको छ। त्यस्तै सदस्यहरुमा ऋषि खतिवडा, बालकृष्ण श्रेष्ठ, माधवीर […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |