धादिङ,१६ बैशाख।
अधिकृत विक्रेता संघ धादिङको अध्यक्षमा पुष्पराज त्रिपाठी चयन हुनुभएको छ ।
शनिबार मलेखुको रिभर पार्क बिच रिसोटमा सम्पन्न संस्थाको साधारण सभा तथा तेस्रो अधिवेशनले त्रिपाठीलाई अध्यक्षमा चयन गरेको हो।
जसको उपाध्यक्षमा होमनाथ थपलिया, महासचिवमा शिवराम पौडेल, कोषाध्यक्षमा गुण प्रसाद सापकोटा र सचिवमा गोपाल धरेल चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरुमा सुरम्य प्रसाद अर्याल, संजिव श्रेष्ठ र धनञ्जय ठाकुर रहनुभएको छ।
उक्त अधिवेशनलाई सम्बोधन गर्दै उद्योग वार्णिय संघ धादिङका अध्यक्ष विष्णु थपलियाले धादिङ जिल्लाको आर्थिक गतिविधी अभिवृद्धि गर्नको लागि सहकार्य गरेर अगाडी बढ्ने बताउनुभएको छ ।
उद्योग वार्णिय संघ धादिङका अध्यक्ष विष्णु थपलियाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चन्द्रकान्त अधिकारीको विशेष आतिथ्य गरि ३५ जनाको सहभागिता रहेको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |