धादिङ । सिद्धलेक गाउँपालिका–५ चेपेबाट लुकाई छिपाई राखेको सालको गोलीया प्रहरीले बरामद गरेको छ।
मंगलबार जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरिक्षक नन्द किशोर प्रसाद चौहानको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले केउरेनी सामुदायिक वनमा अवैध रुपमा सालका रुखहरु काटी गोलियाहरु त्रिपालले छोपेर राखेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गोलीया डिभिजन वन कार्यालय धादिङमा बुझाइएको प्रहरीले जनाएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |