धादिङ,१३ श्रावण।
धादिङमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।
धादिङको गंगाजमुना गाउँपालिका वडा नं ४ गुम्दी बस्ने बर्ष ४१ को शम्भु अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
शुक्रबार आफ्नै बारीमा भएको चिलाउनेको रुखमा अरिङ्गाल पोल्ले क्रममा लडेर घाईते भई उपचारको लागी जिल्ला अस्पताल धादिङ ल्याईएको अधिकारीको आज दिउँसो उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |