धादिङ । नीलकण्ठ नगरपालिका–४ अल्छिडाँडामा विद्युत सर्ट हुँदा एक घरमा आगलागी भएको छ।
शनिवार राती अल्छिडाँडाका रणबहादुर श्रेष्ठको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो।
आगलागीमा ७ लाख बराबरको क्षति भएको उहाँको भनाइ छ।
आगलागीबाट घरमा भएका सामानहरु जलेर नष्ट भएका छन् । टिभि, लत्ताकपडा, सिरक डस्ना, झ्याल, ढोका, सुट्केश, टेवल, कागजपत्र लगायत सामानहरु जलेको उद्धारका लागि पुगेका दिपक अधिकारीले बताउनुभयो।
घरमा भएका सामानहरु जलेका छन् । स्थानीय र धादिङ सोसियल भोलेन्टिएरको टोलीले आगो नियन्त्रणमा लिइएको अधिकारीले बताउनुभयो।
राती बत्ती आउनेजाने भइ रहेको र हाइभोल्टेजका कारण आगो लागेको हुनसक्ने रणबहादुर श्रेष्ठको भनाइ छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |