धादिङ । आजदेखी रामेछापमा बागमती प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुदैँछ।
नेपाल बिद्यार्थी संघ रामेछापद्धारा बिजया दशमी, दिपावली एवम छठको अवसरमा आयोजित प्रथम नेवि संघ कप २०८०मा धादिङको भलिबल टिम पनि सहभागी हुने भएको छ ।
प्रतियोगिताका लागि धादिङबाट मनोज श्रेष्ठको कप्तानीमा ९ सदस्यीय टिमको घोषणा गरिएको छ।
टिममा रविन नगरकोटी, शरण सामरी, अमन आले मगर, विदुर इटनी, बुद्धिमान तामाङ, योहाङ तामाङ, प्रदिप मगर र मोहन तामाङ रहेको धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो।
टिम कोचमा बिरु लामा रहेका छन्।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद २ लाख र शिल्ड, मेडल र प्रमाणपत्र, द्वितिय हुने टिमले १ लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमले १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्तवना हुने टिमले ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ।
लिगकम नकाउट सिस्टममा सञ्चालन हुने प्रतियोगिता रामेछापको जिसस प्राङगण मन्थलीमा हुनेछ ।असोज ३० गतेसम्म हुने उक्त प्रतियोगितामा बागमती प्रदेशभित्रका जिल्लाहरु सहभागी हुदैछन्।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |