धादिङ,०६ श्रावण।
धादिङमा केही दिनयता डेङ्गी संक्रमितको संख्या दिनहुँ बढेको छ।
आज थप १६ जनामा संक्रमण पुष्टि भएको छ।आज ८ जना पुरुष र ८ जना महिला गरी १६ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका १४ जना,सिद्धलेकका १ जना र त्रिपुरासुन्दरीका १ जना रहेका छन् ।साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या १३० पुगेको छ। जसमा पुरुष ७१, महिला ५९ जना छन्।
संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शनिबार धादिङबेशीमा सरोकारवालाहरुले लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान सञ्चालन गरेका छन्।नीलकण्ठ नगरपालिका, नेपाल प्रहरी, ससस्त्र प्रहरी र नगर प्रहरी सहित सबै सरोकारवाला निकायहरूको सहकार्यमा अभियान सन्चालन गरिएको हो।
वर्षातका कारण जताततै पानीहरू जम्ने र लामखुट्टेको संख्या बढेपछि बढि मात्रामा डेङ्गु रोगको संक्रमण र जोखिम बढ्ने भएकाले उक्त अभियान संचालन गरिएको नगरपालिकाले जनाएको छ ।
डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने,आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रातो बिमिरा देखिने लगाएतका हुन्।
संक्रमणबाट बच्न विज्ञहरूले सुझाव दिएका छन् ।संक्रमण बढेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत गराएका छन् । घर वा कार्यालयमा डेंगु संक्रमण फैलाउने लामखुट्टेले फुल पार्न सक्ने ठाउँ नष्ट गर्ने तथा गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने गर्नुपर्छ ।
यो एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण नेपालमा विसं २०६१ मा पहिलो पटक देखापरेको थियो। त्यसयता क्रमशः बढ्दै गएको तथ्याङ्कले देखाउँछ
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |