धादिङ,३० बैशाख ।
धादिङको नीलकण्ठ नगरपालिका ४ स्थित आधारशिला बोर्डिङ स्कुलका १७ जना विद्यार्थी कराँतेमा ग्रेडिङ भएका छन् ।
शनिबार नीलकण्ठ स्पोर्टस क्लब अल्छिडाँडाको आयोजना तथा मनमईजु डोजोको सहयोगमा ग्रेडिङ गरिएको हो । २० जना विद्यार्थीले प्रशिक्षण लिँदै आएकोमा १७ जना ग्रेडिङमा परेका हुन् ।
जसमा ओरेन्ज बेल्डबाट ग्रिन बेल्डमा ३ जना,ग्रिनबाट ब्ल्युमा १२ र ब्ल्युबाट पर्पल बेल्डमा २ जना ग्रेडिङ भएका छन् । नीलकण्ठ स्पोर्टस क्लबका अध्यक्ष बिष्णु बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ ४ का वडाध्यक्ष हरि बहादुर श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |