धादिङ,०१ असार।
नेकपा एमाले केन्द्रिय सदस्य तथा धादिङका इन्चार्ज धर्मदत्त देवकोटाले एमाले पार्टी युवाहरूको पार्टी बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार धादिङबेशीस्थित मदन आश्रित भवनमा भएको नेकपा एमाले जिल्ला कमिटी धादिङको सातौं पुर्ण बैठकलाई सम्बोधन गर्दै इन्चार्ज देवकोटाले सो कुरा बताउनुभएको हो ।
देवकोटाले पार्टीको आन्तरिक गुनासा र समस्या पार्टीभित्रैबाट समाधान गर्नुपर्ने पनि बताउनुभएको छ ।नेकपा एमालेका नेता कार्यकर्ता स्वच्छ, इमानदार र नैतिकवान हुनुपर्ने, जनताको सेवामा प्रतिबद्ध हुनुपर्ने भन्दै पार्टी भित्रका आन्तरिक गुनासो र समस्यालाई आत्माआलोचित हुँदै पार्टी भित्रैबाट समाधान गर्नुपर्ने बताउनुभयो ।
उहाँले एमालेलाई चारैतिरबाट घेराबन्दी भैरहेकोले त्यो घेराबन्दी तोड्न र जनतालाई एमालेप्रती एकताबद्ध पार्न केन्द्रिय कमिटीले नयाँ रणनीति तय गरि अगाडि बढ्ने निर्णय गरेको बताउनुभयो ।
देश यतिबेला भ्रष्टाचारमा लिप्त रहेको, विकास आयोजनाहरु अलपत्र पारेको र जनताको जनजिविका महंगिले कष्टकर हुँदै गएकोले नेकपा एमालेले सशक्त ढंगले प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।साथै हरेक घरका युवाहरुलाई नेकपा एमाले पार्टीमा संगठित गर्दै आगामी निर्वाचनसम्म एमाले युवामय बनाउनुपर्ने बताउनु भयो ।
नेकपा एमाले जिल्ला कमिटी धादिङका अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा धादिङका इन्चार्ज देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा केन्द्रिय कमिटी सदस्यहरु खेम लोहनी, जानुका सिम्खडा, केन्द्रिय लेखा आयोग सदस्य मिनराज कँडेल,केन्द्रिय सल्लाहकार परिषद सदस्य जगन्नाथ नेपाल, रामप्रसाद अधिकारी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
नेकपा एमाले केन्द्रिय कमिटीका सदस्य तथा पुर्व सांसद खेम लोहनी धादिङ जिल्ला इन्चार्जको रूपमा रहनुभएकोमा केन्द्रिय कमिटीको पछिल्लो कार्यविभाजन अनुसार धादिङको पार्टी इन्चार्ज केन्द्रिय कमिटी सदस्य धर्मदत्त देवकोटा तोकिनुभएको हो । सअघि धादिङको इन्चार्ज रहनुभएको खेम लोहनी सिन्धुली जिल्लाको इन्चार्ज तोकिनुभएको छ ।
यसैगरी धादिङ जिल्ला निर्वाचन क्षेत्र न १ को पालिकाहरुको इन्चार्जमा जानुका सिम्खडा र निर्वाचन क्षेत्र न २ को पालिकाहरुको इन्चार्जमा रोशन लामा तोकिनुभएको छ ।
कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष भुमि त्रिपाठिले पार्टीको नयाँ जिम्मेवारी प्राप्त गर्नुभएका केन्द्रिय सदस्यहरु जिल्ला इन्चार्ज धर्मदत्त देवकोटा, जानुका सिम्खडा र रोशन लामालाई स्वागत तथा निवर्तमान इन्चार्ज खेम लोहनीलाई बिदाइ गर्नुभएको थियो ।
प्रदेश कमिटीका सदस्यहरु जिल्ला कमिटीका सदस्यहरु र पालिका कमिटीको अध्यक्षहरुको सहभागिता रहेको बैठकमा नेकपा एमाले जिल्ला कमिटी धादिङले यो असार महिनाभित्र गर्ने कार्यक्रमको कार्ययोजना समेत पास गरेको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |