धादिंग ३ मंसिर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले सो आग्रह गर्नुभएको हो ।
मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म देशभर प्रनिधिनिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा भाग लिई आफ्नो मतअधिकार प्रयोग गर्न आयोगको तर्फबाट सबै मतदातालाई हार्दिक आह्वान गर्नुभएको छ । साथै उहाँले भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘‘नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिक मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने, निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धि सम्पूर्ण तयारीहरु पूरा भइसकेको छ ।’’
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनिय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टाबाट सुरु भएको प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन कसूर तथा सजाय ऐन, २०७३ र निर्वाचन आचारसंहिता २०७९ को पालनामा आयोगले विशेष सजकता अपनाएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |