धादिङ,२३ बैशाख ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम महामन्त्री गगन थापाले देशको आर्थिक भार कम गर्न तलब बाहेकका सुविधा कटौती गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार धादिङबेसीमा भएको नेपाल वितरक संघको ११ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपतिदेखि वडा अध्यक्षसम्म सबैले तलब बाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्ने बताउनुभएको हो ।
उहाँले विशेष गरी स्वास्थ्य उपचारको नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने बताउनुभयो ।
म यो वर्ष कुनै पनि ठाउँमा कसैलाई पनि स्वास्थ्य उपचारको नाममा एक रुपैंयापनि राष्ट्रको ढुकुटीबाट खर्च गर्दिन भनेर सबैले व्यवहारमा लागु गर्न सक्नुपर्ने बताउनुभयो ।
आर्थिक हिसावले देश अप्ठ्यारो परेको वर्ष भएको हुनाले राष्ट्रपतिदेखि सांसद हुँदै वडा अध्यक्षसम्म सबैले अन्य सुविधा कटौती गरेर देशको अप्ठ्यारो फुकाउनेतर्फ लाग्नुपर्ने उहाँको भनाई छ ।
मुलुकको आर्थिक वृद्धिदर खुम्चिएकाले सरकारले अब ल्याउने बजेटमा पनि निर्मम भएर खर्च कटौती गर्न सक्नुपर्ने महामन्त्री थापाले बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |