धादिङ, २५ बैशाख ।
उत्तरी धादिङको रुवी भ्याली गाउँपालिका वडा नम्बर ३ सेर्तुङ निवासी ३३ वर्षीय आदम तामाङ ११ दिनदेखि हराईरहेका छन् ।
धादिङबेसीमा अस्थाई बसोबास गर्ने आदम तामाङ बैशाख १४ गतेदेखि धादिङको ससाह क्षेत्र बाट हराएकोले खोजि गरिदिन परिवारले आग्रह गरेको छ ।
आदमका भाइ अब्राहम तामाङले दाईको खोजि गरिरहेकोले फेला नपरेपछि खोजि गरिदिन आग्रह गर्नुभएको हो ।
हातमा ट्याटु खोपेको, निलो ज्याकेट लगाएको, कालो कट्टु र सेतो चप्पल लगाएका आदम तामाङ कतै भेटिएमा र देखिएमा नजिकैको प्रहरी कार्यालय वा फोन नम्बर ९८६५४९३११८ मा सम्पर्क गरिदिन आग्रह गर्नु भएको छ ।
मानिस समस्या भएका आदमको २ वर्षदेखि उपचार भईरहेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङमा खोजिका लागि बैशाख २४ गते आग्रह समेत गरेर निवेदन समेत दिईएको भाइ अब्राहमले बताउनुभएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |