धादिङ,२८ बैशाख ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले एक साताभित्र अब विकासको मोडेल नै परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।
बिहिबार नुवाकोटको विदुरमा प्रेस सेन्टर नुवाकोटद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री जमकट्टेल सो कुरा बताउनुभएको हो ।
प्रदेश सरकारले सानातिना टुक्रे योजनामा लगानी नगर्ने भन्दै उहाँले साना योजना स्थानीय तहहरुलाई जिम्मा दिने र प्रदेशमा ठूलो योजना मात्र सञ्चालने गर्ने बताउनुभयो ।
उहाँले कृषि उत्पादत्व वृद्धिका लागि प्रदेश सरकारले काम गरिरहेको भन्दै आगामी आर्थिक वर्षदेखि व्यक्तिलाई कृषि अनुदान दिन बन्द गरिने बताउनुभयो ।
समुदायमा आधारित धेरैभन्दा धेरै किसानलाई समेट्ने गरी लगानी गर्ने योजनामा लागेकाले आगामी आर्थिक वर्षबाट नै यो मोडालिटी सुरु हुने मुख्यमन्त्री जमकट्टेलले बताउनुभयो ।
साथै अबको एक सातामा प्रदेश सरकारले पूर्णता पाउने पनि बताउनुभएको छ । केन्द्रीय नेतृत्व तहबाट केही निर्णय गर्नुपर्ने भएकाले अबको एक हप्तामा सरकारले पूर्णता पाउने बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |