नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको ह्दयघातबाट निधन भएको छ ।गएराति ७१ वर्षको उमेरमा नेम्वाङको निधन भएको हो।
राति १ बजे हृदयघात भएपछि उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।
उनको शव अहिले शिक्षण अस्पतालबाट निकाल्ने तयारी भएको छ। नेता नेम्वाङको निधनको खबर सुन्न साथ शीर्ष नेताहरू अहिले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका थिए।
पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए ।नेम्बाङ २०५६ र ०७४ सालको संसदीय निर्वाचनमा विजयी बने।
यस्तै २०६४ र २०७० सालका दुुवै संविधानसभा निर्वाचनमा पनि इलाम क्षेत्र नम्बर २ बाटै विजयी भएका थिए। २०४८ र २०५१ सालमा नेम्वाङ राष्ट्रियसभा सदस्य समेत बने।नेम्वाङ इलामबाट पाँच पटक सांसद विजयी भएका थिए ।
२०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद बनेका नेम्वाङ २०६३ सालमा पहिलोपटक सभामुख बनेका थिए । नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख थिए ।
पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।
नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |