धादिङ । नेकपा एमाले धादिङले आर्थिक व्यवस्थापन सम्बन्धी दुई दिने तालिम संचालन गरेको छ ।
नेकपा एमालेको पार्टी जिवनलाई पारदर्शी, आर्थिक अनुशासन कायम गर्न र पार्टी जिवनलाई सुदृढ बनाउँदै मिसन ८४ मा एमालेलाई जनताको अब्बल पार्टी बनाउन यस किसिमको प्रशिक्षण आयोजना गरिएको नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले बताउनुभयो ।
नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीले कार्यक्रमको उद्घाटन गर्दै पार्टीलाई राम्रोसंग अघि बढाउन आर्थिक गतिविधि र पारदशिर्षता राम्रो हुनु पर्नेभएकोले यस किसिमको प्रशिक्षण चाहिएको बताउनुभयो ।
जिल्ला लेखा कमिटि अध्यक्ष डिल्ली पाठकको अध्यक्षतामा भएको प्रशिक्षण उद्घाटन समारोहमा नेकपा एमालेका जिल्ला नेताहरुको सहभागिता रहेको थियो ।
नेकपा एमाले केन्द्रीय लेखा आयोगका सचिव शिव अधिकारी, सदस्य मिनराज कँडेल, सदस्य बद्री भट्टराई लगायतका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एमाले धादिङका उपसचिव उर्मिला रेग्मीले जानकारी दिनुभयो ।
तालिममा पार्टी जिवन, संगठन र आर्थिक क्रियाकलाप, पार्टीको हिसाब राख्ने खाताहरु, आर्थिक अनुासन लगायतका वियमा प्रशिक्षण संचालन गरिने आयोजकले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |