धादिङ– नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा कमिटी अध्यक्षमा नन्द बहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।
वडा कमिटीको सोमबार सम्पन्न दोस्रो अधिवेशनले गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा विन्तिराज अधिकारी, सचिव सुमित्रा कंडेल(लम्साल), उपसचिवहरु रामशरण दुवाडी र पुजा लम्साल चयन हुनुभएको छ ।
यसैगरी, सदस्यहरुमा कृष्ण प्रसाद रिजाल, कुल बहादुर परियार, शोविता खनाल, कल्पना लम्साल, डम्बर बहादुर गुरुङ, गीता परियार, विपिन लम्साल, धनदेवी गुरुङ, शुशिला गुरुङ, टुकमान खाती, कृष्ण बहादुर श्रेष्ठ, नर बहादुर लम्साल, मुन कुमार लम्साल, कमल नारायण श्रेष्ठ, पार्वती बराइली, शोभा दुवाडी रहनुभएको छ ।
यस्तै सरिता अधिकारीको अध्यक्षतामा अखिल नेपाल महिला संघ वडा कमिटी पनि गठन गरिएको छ ।
उद्घाटन समारोहको सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटी धादिङका सचिव राधिका सापकोटाले २०८४ मा नेकपा एमाले धादिङमा पहिलो पार्टी बन्ने बताउनुभएको छ ।
कार्यक्रममा नगर कमिटी इन्चार्ज बेनी पाठक र नीलकण्ठ नगरपालिका नगर कमिटीका अध्यक्ष काजी श्रेष्ठले मिशन चौरासी सफल पार्न अहिलेदेखि संगठन सुदृढ बनाएर लैजानुपर्ने बताएका थिए ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |