धादिङ । युएस ओपन कराते च्याम्पियनसिपमा धादिङको नीलकण्ठ नगरपालिका–१३ लाहुरे गाउँकी एरिका गुरुङले दुई पदक जितेकी छिन्।
उनले टेक्सासमा भएको च्याम्पियनसिपमा यू–२१ को ६८ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । एरिकाले यू–२१ को फाइनलमा क्यानडाकी खेलाडीलाई ९–० ले पराजित गरिन्।
यस्तै सिनियर इलिटको प्रतिस्पर्धामा भने एरिका फाइनलमा पराजित भइन्। उनले अमेरिकाकी खेलाडीसँग ३–२ को पराजय भोग्दा रजत जितिन्।
गत असोजमा चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल भएकी थिइन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |