धादिङ । धादिङकी एरिका गुरुङ एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ ।
गत बर्ष १९ औं एसियाली खेलकुदमा रजत जित्नुभएको करातेकी एरिका गुरुङले अर्को इतिहास रच्न सफल हुनुभएको हो ।
धादिङको नीलकण्ठ नगरपालिका–१३ लाहुरे गाउँकी एरिकाले २० औं एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुगेर इतिहास रचे सँगै उहाँले कम्तीमा रजत पदक पक्का गर्नुभएको छ ।
नेपाली खेलाडी एसियन च्याम्पियनसिपको फाइनलमा पुगेको यो पहिलो पटक हो ।
एरिकाले प्रि–क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४–० ले हराउनुभयो।
गएको वर्ष एसियाडको फाइनलमा काजकिस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित एरिकाले यसपटक बेर्लुत्सेभालाई क्वाटरफाइनलमा हराउनुभएको थियो ।
महिला ६८ किलोमाथि तौलसमूहमा हिजो भएको सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० अङ्कले हराउँदै एरिका फाइनल पुग्न सफल हुनुभयो ।
फाइनल खेल भोलि हुनेछ ।filephoto
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |