काठमाडौं । ओलम्पिकको ३३औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्सको पेरिसमा आज हुँदै छ।
विश्वकै सबभन्दा ठूलो खेलकुद मेलाको उद्धघाटन नेपाली समय अनुसार राति ११ बजे पेरिसमा सुरु हुने छ।
साउन २७ गतेसम्म सञ्चालन हुने ओलम्पिक औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको सुरुवात भइसकेको छ।
पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका कुल ३२ खेलमा करिब १० हजार पाँच सय खेलाडीले भाग लिने छन्।
ओलम्पिककै इतिहासमा पहिलो पटक महिला र पुरुष खेलाडीको सङ्ख्या झन्डै बराबर छ।
यस प्रतियोगितामा एथलेटिक्स तर्फ धादिङ ज्वालामुखी गाउँपालिका–६ सुनखानीकी सन्तोषी श्रेष्ठसहित जुडोकि मनिता श्रेष्ठ, सुटिङकि सुस्मिता नेपाल, ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह र डुवाना ामा सहभागी ुदैछन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |