कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । यस वर्ष ५० दशमलव ९१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो वर्षदेखि प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था रहेको छ । जसअनुसार यस वर्ष ४९ दशमलव ०९ प्रतिशत विद्यार्थी ननग्रेडेड अर्थात् फेल भएका हुन् ।
यस वर्ष जीपीए ३ दशमलव ६१ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या छ हजार नौ सय ७६ जना रहेको छ । यस्तै ३८ हजार नौ सय ९९ जनाले जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म ल्याएका छन् । यस्तै ६९ हजार एक सय ७४ जनाले जीपीए २ दशमलव ८१ देखि ३ दशमलव २०, ६३ हजार ७७ जनाले जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० ल्याएका छन् । यस्तै ११ हजार चार सय ३८ जनाले जीपीए २ दशमलव ०१ देखि २ दशमलव ४० र ४७ जनाले जीपीए १ दशमलव ६१ देखि २ सम्म ल्याएका छन् । यो वर्ष एक लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् ।
गएको वैशाख २६ गतेदेखि शुरु भई जेठ ५ गते परीक्षा सम्पन्न भएको थियो । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट झन्डै चार लाख ६७ हजार तीन सय ८९ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा नन ग्रेड हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |