धादिङ,०६ भदौ।
नेपाली कांग्रेसका महासमिति सदस्य एवम् बागमती प्रदेशसभाका पूर्वसदस्य डा. राजाराम कार्कीको निधन भएको छ।
लामो समयदेखि प्रोस्टेट क्यान्सरसँग लडिरहेका कार्कीको आज बुधबार साँझ ५ बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीले जानकारी दिनुभयो।
कार्कीकोे पार्थिव शरीरलाई भोलि बिहिबार बिहान ७ बजेदेखि ८ः३० बजेसम्म काठमाडौं,स्वयम्भूस्थित निवासमा, बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेस,केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा श्रद्धाञ्जली अर्पणका लागि राखिने र तत्पश्चात शवयात्रा सुरु गरी पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अधिकारीले बताउनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |