धादिङ- उत्तरी धादिङको ४ वटा पालिका जोड्ने मुख्य मार्ग किन्ताङफेदीस्थित किन्ताङ खोलामा बेलीब्रिज निर्माण थालिएको छ ।
खनियाबास गाउँपालिकामा पर्ने किन्ताङफेदीमा ३९.६ मिटर लम्बाइ र ७.२ मिटर चौडाइको सिङ्गल बेलीब्रिज निर्माण सुरु गरिएको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको बेलिब्रिज नेपाली सेनाको प्रविधिक सहयोगमा निर्माण भइरहेको छ।अहिले पुलको दायाँबायाँको जिप/पिल्लरका लागि खाल्डो खन्ने काम भइरहेको र दुई महिनाभित्र सम्पन्न हुने अध्यक्ष तामाङले बताउनुभयो ।
पुलको दुवै भागमा फुटपाथ रहने र एकतर्फी मात्रै सवारी चल्ने गरी निर्माण थालिएको उहाँको भनाई छ ।उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो मुख्य मार्गमा सडक खन्न सुरु गरेको करिब चार दशकपछि पुल बन्न लागेको हो ।
यो पुलले रुवीभ्याली, गंगाजमुना, खनीयाबास र नेत्रावती डबजोङ गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेसीसँग जोड्नेछ ।पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गरेको थियो।
बेलिब्रिज बन्ने भएपछी स्थानीय खुसी भएका छन्।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |