धादिङ,२६ बैशाख ।
अखिल नेपाल किसान महासंघको जिल्ला अध्यक्षमा विष्णुहरी लम्साललाई नियुक्त गरिएको छ ।
किसान महासंघको महाधिवेशनले जिल्ला अध्यक्ष कमल गुरुङलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेपछि बसेको जिल्ला कमिटि बैठकले जिल्ला कमिटि पुर्नगठन गरेको हो ।
जिल्ला कमिटि उपाध्यक्षमा रमेश नेपाल र रामजी आचार्य, सचिवमा बद्री इटनी, उपसचिवमा कुमारी गुरुङ र विनेश तामाङ र कोषाध्यक्षमा धनबहादुर गुरुङलाई चयन गरिएको छ । किसान महासंघको कामलाई प्रभावकारी बनाउन १४ ओटा विषयगत समितिहरुसमेत गठन गरिएको छ ।
महासंघको दुध उत्पादन किसान संघको संयोजकमा गणेश खतिवडा, जडिबुटी किसान संघको संयोजकमा धनबहादुर गुरुङ, पंछीपालक किसान संघको संयोजकमा गौतम खतिवडा, पशुपालक किसान संघको संयोजकमा विष्णुप्रसाद सिलवाल, च्याउ उत्पादक किसान संघको संयोजकमा सुदन खतिवडा, सिंचाइ तथा जल उपभोक्ता किसान संघको संयोजकमा रमेशप्रसाद थपलिया, मसलाबाली किसान संघको संयोजकमा गणेश गीरी, महिला विकास किसान संघको संयोजकमा शुशिला बराम, खाद्य बाली किसान संघको संयोजकमा हुमकुमारी गुरुङ, फलफुल उत्पादक किसान संघको संयोजकमा डिलबहादुर सिरमल, युवा किसान संघको संयोजकमा राजु गन्द्रमा मगर, तरकारी बाली किसान संघको संयोजकमा प्रेम घलेलाई तोकिएको छ ।
महासंघका केन्द्रीय अध्यक्ष डा.प्रेम दंगालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा एमाले धादिङका नेताहरुको उपस्थिती रहेको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |