धादिङ–धुनीबेशी नगरपालिकास्थित खानीखोलामा भएको आकस्मिक रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेका छन्।
लायन्स क्लब अफ काठमाडौं विशाल बजार,लायन्स क्लब अफ धादिङ पिस खानीखोला, लियो क्लब अफ पिस खानीखोला, लियो क्लब अफ काठमाडौं विशाल बजारको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७५ जना पुरुष र १५ जना महिला गरी ९० जनाले रक्तदान गरेको लायन्स क्लब अफ धादिङ पिस खानीखोलाका अध्यक्ष प्रदिप कुवँरले जानकारी दिनुभयो।
रक्तदान कार्यक्रममा हिमाल हस्पिटल (ब्लड बैंक) को प्राविधिक सहयोग रहेको थियो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |