धादिङ १३ पुष । पूर्ण खोप सुनिश्चतताको अवस्थामा धादिङ जिल्ला सम्वेदनशील जिल्लाको रुपमा रहेको विज्ञहरुले बताएका छन् । जिल्लाका सिमान्तकृत समुदायमा खोप सेवाको पहुँच हुन नसक्दा विषय सम्वेदनशील बनेको एक कार्यक्रममा सहभागिहरुल बताएका छन् ।
मंगलबार धादिङबेसीमा स्थानीय तहका पदाधिकारीहरुसंग नियमित खोप सुदृढिकरण एवम् पूर्ण खोप सुनिश्चितता र कोभिड खोप सम्बन्धि समीक्षा, अभिमुखिकरण तथा छलफल कार्यक्रममा खोप सेवाको बारेमा जानकारी गराउँदै स्वास्थ्य सेवा परिवार कल्याण महाशाखाका खोप अधिकृत भरत भण्डारीले पूर्ण खोप सुनिश्चित घोषणा भैसकेपछि देखिएको दादुरा महामारीले सम्वेदनशीलतालाई उजागर गरेको बताउनु भयो ।
दुइवर्ष अघि बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. ६ का चेपाङ बालबालिकामा दादुरा महामरी फैलिएको थियो । कार्यक्रममा भण्डारीले दिगो विकास लक्ष प्राप्त गर्न र मुलुकलाई समृद्ध बनाउन बाल मृत्युदरमा कमी, मातृ मृत्युदरमा कमी, औषत आयुमा वृद्धि र प्रति व्यक्ति आयमा वृद्धि हहुन आवश्यक रहेको पनि बताउनु भयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाद घिमिरेले नेपालमा अझै चार प्रतिशत बालबालिका खोप विहिन रहेको तथ्यांक पनि बताउनु भयो । जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालय धादिङले आयोजना गरेको कार्यक्रममा सहघागि स्थानीय तहका जनप्रतिनिधीले सबै नागरिकमा खोप सेवा पुर्याउने प्रतिवद्धता पनि जनाएका छन् । आम नागरिकलाई खोप निशुल्क पाइन्छ, खोप सुरक्षित हुन्छ, खोपले जीवन रक्षा गर्छ भन्ने जानकारी गराउँदै पूर्ण खोप सुनिश्चिततालाई साकार पार्ने प्रतिवद्धता पनि सहभागिहरुले गरेका छन् ।
कार्यक्रममा नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा, संवैधानिक व्यवस्था र खोप कार्यक्रम, राष्ट्रिय खोप कार्यक्रमको लक्ष, उद्देश्य, उपलव्धी, अवस्था र चुनौति र चालु आर्थिक वर्षको खोप कार्यक्रमको अपेक्षित उपलव्धीका विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा धादिङका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधकृत, श्वास्थ्य शाखा प्रमुखहरु लगायत जिल्ला स्तरीय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |