धादिङ,१५ बैशाख।
गजुरी गाउँपालिकामा अगुवा महिला भाषण तथा उद्घोषण तालिम सुरु भएको छ।
गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा आजदेखि ३ दिने अगुवा महिला भाषण तथा उद्घोषण तालिम सुरु भएको गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले जानकारी दिनुभयो ।
तालिमको आज गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठले उद्धघाटन गर्नुभएको हो । तालिममा प्रत्येक वडाका ४/४ गरी ३२ जना सहभागिता रहेका छन् अगुवा महिलाहरुलाई बोल्ने कलाको विकास गर्न र आफ्नो कुराहरु औपचारिक कार्यक्रममा राख्न सजिलो बनाउनको लागि तालिमको आयोजना गरीएको बिसुरालले बताउनुभयो ।
महिलाहरुले तालिमको माग गरी पालिकामा निवेदन दिएपछि पालिकाले बजेट बिनियोजन गर्नुको सट्टामा तालिमकै आयोजना गरेको बिसुरालको भनाई छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |