धादिङ,१४ श्रावण।
धादिङमा गत आर्थिक वर्ष ०७९/०८० मा दुई हजार ९१५ पिन्ट रगत सङ्कलन गरिएको छ।
जिल्लामा २०७९ श्रावण १ देखी २०८० असार मसान्तसम्म जिल्लाका बिभिन्न ४४ सघसंस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट २ हजार ९१५ पिन्ट रगत सङ्कलन गरिएको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
जिल्लाको बिभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा ७४९ जना महिला र २ हजार १६६ जना पुरुष गरी कुल २ हजार ९१५ स्वयमसेवी रक्तदाताले रक्तदान गर्नुभएको रेडक्रसका कोषाध्यक्ष श्रेष्ठले धादिङ आवाजलाई बताउनुभयो।
गत आर्थिक बर्षमा सबैभन्दा धेरै धादिङबेशीस्थित रेडक्रस सोसाईटी,युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजनामा भएको रक्तदान कार्यक्रममा १७३ जनाले रक्तदान गरेका छन् भने ज्वालामुखी गाउँपालिका–३ मैदी हटियास्थित मैदीकोटमा १४० जनाले रक्तदान गरेका छन् ।
यस्तै धादिङबेशीस्थित रक्त सञ्चार सेवा केन्द्र धादिङमा आकस्मिक रुपमा १५१ जनाले रक्तदान गरेका छन् ।
जिल्लामा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ।रगतको चरम अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, विद्यालयको बार्षिक उत्सव,सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको धादिङ रेडक्रसका कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |