धादिङ,०७ श्रावण।
चितवन ब्याडमिण्टन प्रतियोगिता अन्तरगत पुरुष एकलतर्फको उपाधी धादिङ खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङले जितेका छन्।
चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा चितवन ब्याडमिण्टन संघको टेक्निकल सपोटमा भरतपुर कर्भडहलमा भएको ब्याडमिण्टन प्रतियोगितामा पुरुष एकलतर्फ धादिङका अध्यक्ष तामाङले जितेका हुन्।
तामाङले नुवाकोटका सन्तोष राईलाई पराजित गर्दै उपाधि जितेका हुन् ।यस्तै एकल तर्फ काठमाडौं खेलकुदका अध्यक्ष गणेश कक्षपती तृतिय भएका छन् ।
यसैगरी डबल तर्फ भने खेलकुद परिषद बागमती प्रदेश खेलकुद विकास परिषदका खेलाडीहरु प्रथम, चितवन दोस्रो र काठमाडौं तृतिय भए।
बागमती प्रदेशको १३ जिल्ला खेलकुद बिकास समितिहरुको अध्क्षय,कार्यालय प्रमुख, सचिब,बाग्मति प्रदेश खेलकुद बिकास परिषद सदस्य सचिब ,कार्यालय प्रमुख बिच भएको ब्याडमिन्ट्न प्रतियोगितामा एकल तर्फ ७ टिम र डबल तर्फ ७ टिम सहभागी थिए।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |