धादिङ,१९ असार।
धादिङबेशीबाट चोरीको मोटरसाईकल सहित दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका-११ बस्ने बर्ष–२० को सुरज बोगटी र नेत्रावती डबजोङ गाउँपालिका-२ बस्ने बर्ष–२० को बिशाल गुरुङ रहेका छन्।
निलकण्ठ-३ स्थित एमालेचोकको सडक किनारामा पार्किङ गरी राखेको अवस्थामा आईतबार राति ११ः३० वजे रातो कालो रंगको बा ८१ प ५१०२ नम्बरको मोटरसाईकल चोरी भएको निवेदन पश्चात सदरमुकाम प्रवेश गर्ने नाकाहरुमा नाकावन्दी गरी चेकजाँच गर्दा सोमबार आँसीखोला दोभानबाट मोटरसाईकल सहित बोगटी र गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुलाई धादिङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |