धादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङ स्थित कुवापानीटारमा जंगलमा लागेको डढेलोबाट सल्केको आगोले एक स्थानीयको गोठ जलेर नष्ट भएको छ ।
सोही ठाउँको छोटटार सामुदायिक वनमा लागेको डढेलोको आगो सल्केर कुवापानीटारका यम नारायण श्रेष्ठको गोठ जलेर नष्ट भएको हो ।
मंगलबार अपरान्ह ४ः०० बजे डढेलोबाट सल्केको आगोले श्रेष्ठको घरनजिकै रहेको गाईभैंसी गोठ, २ वटा कुखुरा फर्म, १ कम्बाईण्ड मिल, १ मिनि टिलर, १ मोटरसाइकल, परालको टौवा, अन्नपात, लत्ताकपडा, भाँडावर्तन र महत्वपूर्ण कागजात जलेर नष्ट भएको श्रेष्ठले बताउनुभयो।
आगलागीबाट करिब ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको उहाँको भनाई छ ।आगोले उहाँको २ वटा घरमा समेत आंशिक क्षती पुगेको छ ।
प्रहरी र स्थानीयको सहयोगमा राति ९ बजे आगो नियन्त्रणमा लिइएको थियो। दिउँसोको घट्ना भएकाले आगलागीबाट मानवीय र चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |