जिल्ला प्रशासन कार्यालय धादिङले पनि गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ ।
बुधबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले दुई जनालाई गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरि धादिङमा पनि सेवाको सुरूवात गरिएको कार्यालयले जनाएको छ ।
प्रशासन कार्यालयले नीलकण्ठ नगरपालिका वडा नम्बर १४ जन्मस्थान भई हाल संयुक्त अधिराज्य बस्ने गंगा बहादुर बस्नेत र गजुरी गाउँपालिका वडा नम्बर २ जन्मस्थान भई हाल संयुक्त राज्य अमेरिका बस्ने लक्ष्मी सेढाई गिरीलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो ।
नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ।
गैर आवासीय नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन्। तर, उनीहरूले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउने कानूनी व्यवस्था छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |