नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी-२० विश्वकप क्रिकेटका लागि टोली घोषणा गरेको छ ।
टी-२० विश्वकपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपाली टोलीमा कप्तान रोहितसँगै आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी–२० विश्वकप क्रिकेट यही जुन/जुलाईमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपाल टी-२० विश्वकप क्रिकेटको समूह ‘डी’ मा छ ।
यो समूहमा नेपालसँगै बङ्गलादेश, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र श्रीलङ्का रहेका छन् ।
नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |