डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ सिरोडमा ट्रयाक्टर दुर्घटना हुँदा धादिङका दुईजनाको मृत्यु भएको छ ।
गएराति सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय धिरज थापामगर र बेनिघाट रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिनुभयो।
उनीहरूको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा परि धादिङ बेनिघाट रोराङकै ३१ वर्षीय सुदीप विक र डडेल्धुरा नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन् ।
घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |