धादिङ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी मुद्धामा धादिङका एक जनालाई पक्राउ गरेको छ।
काठमाडौँ स्थित कलंकी बस्ने नीलकण्ठ नगरपालिका ७ का ४७ वर्षिय भिमसेनकुमार श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक÷सूचना अधिकृत रविन्द्र रेग्मीले जानकारी दिनुभयो।
कविता उप्रेतीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भिमसेन कुमार श्रेष्ठ भएको ठगी एक करोड दश लाख सम्बन्धी कसुर मुद्धाको अनुसन्धानको सिलसिलामा वारदातमा संलग्न रही फरार रहेका प्रतिवादी श्रेष्ठलाई १४ गते शुक्रबार ललितपुर, नख्खिपोटबाट पक्राउ गरिएको रेग्मीले जानकारी दिनुभयो ।
उनलाई कानुन बमोजिम अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर,काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |